जनकपुरधाम , १ फाल्गुन । पछिल्लो ६ महिनादेखि तलबभत्ता नपाएको भन्दै मधेश कृषि विश्वविद्यालयका उपप्राध्यापक र कर्मचारीहरुले बिहीबार तालाबन्दी गरेका छन्। विश्वविद्यालयको प्रशासनिक भवनमा उपकुलपति डा. वैधनाथ महतोलाई बाहिर निकालेर उनीहरूले तालाबन्दी गरेका हुन्।
राजविराजमा रहेको विश्वविद्यालयमा उपकुलपति, रजिष्ट्रार, प्रशासन शाखा, प्रशासनिक भवनको मूलगेट तथा शैक्षिक भवनमा तालाबन्दी गरिएको छ। उनीहरूले क्षतिपूर्तिसहित नियमावली अनुसारको तलबभत्ता र अन्य सुविधाहरू पाउनुपर्ने माग गरेका छन्।
यता, विश्वविद्यालय प्रशासनले समस्याको समाधानका लागि वार्ता गर्ने तयारी गरिरहेको जनाए पनि तालाबन्दीले शैक्षिक तथा प्रशासनिक गतिविधिमा अवरोध पुगेको छ।




प्रतिक्रिया !