मेलम्ची आयोजनाको पाइप फुट्दा बबरमहलको सडक बन्द, सरकारी कार्यालयमा आवागमन प्रभावित

मेलम्ची आयोजनाको पाइप फुट्दा बबरमहलको सडक बन्द, सरकारी कार्यालयमा आवागमन प्रभावित

काठमाडौं , ३० माघ ।  काठमाडौंको बबरमहलस्थित मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर सडकमा पानी बग्न थालेपछि दक्षिणतर्फको लेन बन्द भएको छ। पाइपसँगै ढल पनि फुटेर बगेपछि विशेष अदालत, जिल्ला अदालत, र वन परिसरतर्फ जाने सडकमार्ग अवरुद्ध भएको छ, जसले सर्वसाधारणलाई कार्यालय जाने र सरकारी कर्मचारीलाई बाहिर निस्कन समस्या भएको छ।

घण्टौं प्रयास गरे पनि पाइप फुटेको समस्या समाधान हुन नसक्दा सडकमा यातायात ठप्प भएको छ। सरकारी कार्यालयका कर्मचारीसमेत कार्यालयबाट बाहिर निस्कन असमर्थ छन्।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार