धनौजी गाउँपालिका, ह्याविट्याट फर ह्युम्यानिटी नेपाल र रतौली युवा क्लबबीच सुरक्षित आवास कार्यक्रम अन्तर्गत गाउँपालिका अध्यक्ष आवास परियोजना संचालन सम्बन्धि त्रिपक्षीय सम्झौता सम्पन्न ।

धनौजी गाउँपालिका, ह्याविट्याट फर ह्युम्यानिटी नेपाल र रतौली युवा क्लबबीच सुरक्षित आवास कार्यक्रम अन्तर्गत गाउँपालिका अध्यक्ष आवास परियोजना संचालन सम्बन्धि त्रिपक्षीय सम्झौता सम्पन्न ।

लोक आवाज ,जनकपुरधाम , माघ १८/  धनौजी गाउँपालिका धनुषा, ह्याविट्याट फर ह्युम्यानिटी इन्टरनेशनल नेपाल, र रतौली युवा क्लब, धनुषाबीच सुरक्षित आवास कार्यक्रम अन्तर्गत गाउँपालिका अध्यक्ष आवास परियोजना संचालनको लागि महत्वपूर्ण त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ। सम्झौतामा भूमिहिन दलित, जनजाती, र अति विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण गर्ने उद्देश्य रहेको छ।

 

सम्झौतामा धनौजी गाउँपालिकालाई प्रथम पक्ष, ह्याविट्याट फर ह्युम्यानिटी इन्टरनेशनल नेपाललाई दोस्रो पक्ष, र रतौली युवा क्लबलाई तेस्रो पक्षको रुपमा उल्लेख गरिएको छ। मिति २०८१ साल माघ १८ गतेका दिन हस्ताक्षर गरिएको यो सम्झौता स्थानीय समुदायको दीर्घकालीन हितमा केन्द्रित छ।

 

यस परियोजना अन्तर्गत धनौजी गाउँपालिकाको वार्ड नं. ३ मा जम्मा १५ घरपरिवारहरूको लागि घर निर्माण गरिनेछ। यो कार्यक्रम विशेषगरी भूमिहिन सुकुम्बासी, दलित, जनजाती, र अति विपन्न परिवारको आवश्यकता र सुरक्षालाई ध्यानमा राखी प्रारम्भ गरिएको हो। परियोजनाले न्यूनतम रुपमा आवश्यक पूर्वाधार जस्तै बाटो, बिजुली, खानेपानी, र शौचालय सहितको सुरक्षित र व्यवस्थित आवासको व्यवस्था गर्नेछ।

 

परियोजनाको मुख्य उद्देश्य तीनै पक्षहरूको संयुक्त समन्वय र सहकार्यमा स्थानीय स्तरमा सुरक्षित आवासको सुनिश्चितता गर्नु रहेको छ। यसका लागि धनौजी गाउँपालिकाले सुकुम्बासीको हकमा भूमि उपलब्ध गराएको छ भने ह्याविट्याट फर ह्युम्यानिटीले आवास निर्माणका लागि प्राविधिक र आर्थिक सहयोग गर्नेछ। रतौली युवा क्लबले स्थानिय समुदायको सहकार्यमा परियोजना सफलतापूर्वक सञ्चालनका लागि सहयोग गर्नेछ।

सम्झौता अनुसार परियोजना मिति वि सं २०८१ माघ महिना १८ गते तदनुसार ई. सं. २०२५ जनवरी ३१ बाट लागु भई वि.सं. २०८२ अषाढ ३१ गते तदनुसार ई. सं. २०२५ जुलाई १५ सम्म कायम रहे तापनि बैशाख मसान्त सम्म योजना सकाउने लक्ष्य रहेको  छ । यो सम्झौता पत्रमा धनौजी गाउँपालिकाको तर्फबाट अध्यक्ष राजकुमार यादव, ह्याविट्याट फर ह्युम्यानिटी नेपालको तर्फबाट राष्ट्रिय निर्देशक  एलिजा स्थापित  र रतौली युवा क्लबको तर्फबाट अध्यक्ष  साकिर खानले   हस्ताक्षर गरेका छन् भन्ने त्यस संस्थाका प्रतिनिधि एस एम एन सरवर ,रतौली युवा क्लबको  तर्बैफबाट बैधनाथ चौधरी र निरज कुमार सिंह तथा पालिकाको प्रमुख प्रसासकीय अधिकृत सन्तोष कुमार शर्मा , लेखा अधिकृत राधे श्याम राय , वार्ड न. १ र ३ को वार्ड अध्यक्ष हरुको उपस्थिति थियो ।

सम्झौता सम्पन्नसँगै स्थानिय समुदायमा खुशी र उत्साहको माहोल छ, किनभने यो परियोजना उनीहरूको जीवनस्तर सुधार गर्न र सुरक्षित आवासको हक सुनिश्चित गर्न महत्वपूर्ण कदम हो।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार